नेपाली पैसा
काठमाडौं : नेपालमा थप १३ सय ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार मंगलबार ९ हजार ६२६ जनाको पिसिआर र ३ हजार ९६६ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ ।
जसमध्ये ७ लाख ५४ हजार जना संक्रमणमुक्त भएका छन् । ११ हजार ५३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । १८ सय ३० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।