Market Closed

चीनको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी

26 Sep,2021
  • china_9_26_2021_12_46_27.jpg
 
बेइजिङ : कोरोना भाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ । चीनको क्लोभर बायो फर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो । कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने यो खोप ७९ प्रतिशत प्रभावकारी देखिएको अधिकारीले जानकारी दिएका छन् । खोप उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य संगठनलाई बुझाउने तयारी गरेको छ ।

प्रतिवेदनसँगै कम्पनीले खोप प्रयोगका लागि अनुमति दिन पनि माग गर्ने भएको छ । खोप उत्पादक कम्पनी क्लोभरको आधिकारिक वेभसाइटमा ३० हजारभन्दा बढी वयस्कमा खोपको परीक्षण गरिएको उल्लेख छ ।परीक्षणमा फिलिपिन्स, ब्राजिल, कोलम्बिया, दक्षिण अफ्रिका र बेल्जियम गरी ५ देशका ३१ क्षेत्रका नागरिक सहभागी भएको जनाइएको छ ।  
 
रासस–सिन्वहा
 

Post Your Comment