Market Closed

नाडाको ४५औं वार्षिक साधारण सभा र निर्वाचन मसिंरमा हुने

26 Sep,2021
  • NADA_9_26_2021_1_24_01.jpg
नेपाली पैसा

काठमाडौं : नाडाको ४५औं वार्षिक साधारण सभा तथा निर्वाचन मसिंरमा हुने भएको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कार्य समितिको बैठकले साधारण सभा तथा निर्वाचन मंसिर २२ र २३ गते गर्ने निणर्य गरेको हो । नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई वर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । 

नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरिय एसोसिएसन समेत गठन गरिसकेको जनाएको छ । बैठकमा अध्यक्ष दुलालले नाडाको ट्राफिक जनचेतना सम्बन्धी कार्यक्रमलाई देशव्यापी बनाउन नाडाका ७ वटा प्रदेशस्तरिय एसोसिएसनका अध्यक्षहरूलाई ट्राफिक ज्याकेटलगायत, जनचेतनामूलक स्टिकर र कोभिडविरुद्धको मास्क समेत हस्तान्तरण गरेको जानकारी दिए । 

नाडाकाअनुसार ती सामानहरु नाडाका प्रदेश एसोसिएसनहरुले सम्बन्धित ट्राफिक कार्यालयहरूमार्फत वितरण गरिएको हो । नाडाले गत भाद्र २५ गते त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाको सहयोग र सहभागितामा त्यस्ता सामानहरू वितरण गरेको थियो ।                                                                       
                                                               
 

Post Your Comment