Market Closed

हाइड्रोपावर कम्पनीहरुको लाभांश बढ्यो, अधिकांशको बोनसपछि हकप्रद आउने

10 Oct,2021
  • dividend_10_10_2021_8_06_38.jpg
नेपाली पैसा
 
काठमाडौं : सूचीकृत कम्पनीहरुमा यतिबेला लाभांश घोषणाको लहर चलेको छ । यसैबीच, नेप्सेमा सूचीकृत ८ जलविद्युत कम्पनीले पनि गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । अरु कम्पनीहरुले पनि क्रमशः घोषणा गर्दै जानेछन् । लाभांश प्रस्ताव गरेका अधिकांश कम्पनीको साधारण सभा पनि सम्पन्न भइसकेको छ । नियामकीय प्रावधान अनुसार सामान्यतयः चालु आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरिसक्नुपर्ने हुन्छ । यस अनुसार पुस मसान्तसम्म कम्पनीहरुले वार्षिक साधारण सभा गरिसक्नुपर्छ ।

प्रतिफलको आशमा बसेका लगानीकर्तालाई यसबाट राहत मिलेको देखिन्छ । सेयर बजारमा दीर्घकालीन लगानीकर्ताका लागि लाभांश निकै महत्वपूर्ण पक्ष हो । आकर्षक लाभांश दिने कम्पनीहरु विशेषगरी दीर्घकालीन लगानीकर्ताको रोजाईमा पर्ने गर्दछन् । निर्धारित समयमा साधारण सभा गरी लाभांश वितरण गर्न सक्ने कम्पनीलाई संस्थागत सुशासन राम्रो भएका कम्पनीहरुका रुपमा पनि विश्लेषण गर्न  सकिन्छ ।

सेयर बजारका लगानीकर्ताले यस्ता कम्पनी छनोट गर्ने एउटा प्रमुख आधार बन्न सक्छ । लाभांशका साथमा पुँजीगत लाभ प्राप्त गर्न सकिने भएकाले सेयर बजार लगानीको राम्रो क्षेत्रका रुपमा पर्ने गरेको हो । साथमा, यसभित्र रहने जोखिम पक्षलाई पनि सधैं ख्याल गर्नुपर्ने हुन्छ । 
 
अघिल्लो वर्षको भन्दा लाभांश दर बढ्यो
 
गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गर्ने अधिकांश हाइड्रोपावर कम्पनीको लाभांश दर अघिल्लो वर्ष (२०७६–७७) को भन्दा बढेको छ । हालसम्म गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने ८ कम्पनीमध्ये ७ कम्पनीको लाभांश दर बढेको छ । सानिमा माई हाइड्रोपावरको लाभांश दर भने अघिल्लो वर्षको भन्दा घटेको छ । अघिल्लो वर्ष १५% लाभांश दिएको कम्पनीले यो वर्ष १०.५३% मात्रै दिने घोषणा गरेको छ ।



यता, हालसम्म सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा ङादी ग्रुप पावर रहेको छ । यसले २०% बोनस सेयर र कर तिर्न १.०५% नगद लाभांश गरि कुल २१.०५% लाभांश दिएको छ । त्यस्तै, अरुण काबेलीले १७.८९% लाभांश दिएको छ । अरु लाभांश घोषणा गर्ने कम्पनीले पनि १०% भन्दा धेरै लाभांश दिन लागेका छन् । राधी विद्युतले सबैभन्दा धेरै ३६.५% लाभांश दिएको भए पनि यो अघिल्लो आर्थिक वर्ष २०७६–७७ सम्मको ंसञ्चित मुनाफाबाट हो । यसकारण यो लाभांश गत आर्थिक वर्षको होइन । अब, हेरौं कुन कम्पनीले कति छ लाभांश ?  
 
अधिकांश हाइड्रोपावर कम्पनीले बोनसपछि हकप्रद सेयर जारी गर्ने 
 
गत आर्थिक वर्ष (केही अघिल्लो आवको समेत) नाफाबाट लाभांश घोषणा गरेका अधिकांश जलविद्युत् कम्पनीले बोनस सेयरपछि हकप्रद निष्कासन गर्ने भएका छन् । कम्पनीहरुले बोनस सेयर वितरणपछिको रकमबाट हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव आफ्नो साधारण सभाबाट पारित गरिसकेका छन् ।

बोनस सेयर वितरणपछि हकप्रद सेयर जारी गर्ने तयारीमा रहेका कम्पनीहरुमा ङादी ग्रुप पावर, अरुण काबेली, अपि पावर, सिनर्जी पावर र अरुण भ्याली हाइड्रोपावर, राधी जलविद्युत कम्पनी लगायत रहेका छन् । यी मध्ये सबैभन्दा धेरै ङादी ग्रुप पावरले २००%, राधीले १४७.५२% र अरुण काबेली १००% हकप्रद सेयर निष्कासन गर्न लागेका छन् । 
 

Post Your Comment