Market Closed

कर्जाको ब्याजदर सम्बन्धी व्यवस्थामा राष्ट्र बैंकको संशोधन

11 Oct,2021
  • NRB-Logo_1_5_2020_10__8_24_2021_8_37_30.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदर सम्बन्धी व्यवस्थामा परिमार्जन गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७७ संशोधन गरी कर्जाको ब्याजदर वृद्धि गर्दा त्रैमासिक औसत आधार दरमा भएको वृद्धिसम्म मात्र वृद्धि गर्न सकिने व्यवस्था लागू गरेको छ । साथै, यस्तो वृद्धि एक त्रैमासमा एकपटक मात्र गर्न सकिनेछ । यसअघि भने कर्जाको ब्याजदर वृद्धि गर्दा आधार दरमा भएको वृद्धिसम्म मात्र वृद्धि गर्न सकिने र यस्तो वृद्धि एक त्रैमासमा एकपटक मात्र गर्न सकिने व्यवस्था थियो ।
 
यता, परिवर्तनीय ब्याजदर आधरदरसँग आबद्ध गर्दा इजाजतपत्र प्राप्त संस्थाको कोर बैंकिङ सिस्टममार्फत त्रैमासिक औसत आधार दरमा भएको परिवर्तन अनुसार स्वतः ब्याजदर परिवर्तन हुने प्रणालीको व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । यस्तै, कुनैपनि कर्जा आधारदर भन्दा कम ब्याजदरमा प्रवाह गर्न पाइने छैन । यसअघि भने प्रत्यक्ष रुपमा विपन्न वर्गमा प्रवाह गरिने कर्जाको हकमा आधारदर भन्दा कम ब्याजदरमा समेत कर्जा प्रवाह गर्न पाउने व्यवस्था थियो ।



 

Post Your Comment