Market Closed

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अमेरिकीलाई

11 Oct,2021
  • 1_10_11_2021_4_53_04.jpg
नेपाली पैसा
 
काठमाडौं : अमेरिकी अर्थशास्त्री डेभिड कार्ड, जोसुवा डि. एंग्रिस्ट र ग्वाइडो डब्लु इम्बेन्सले यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् । कार्डलाई ‘श्रम अर्थशास्त्र’ (लेबर इकोनोमिक्स) मा पुर्याएको योगदानका लागि पुरस्कृत गरिएको होे । यस्तै, एंग्रिस्ट र इम्बेन्सलाई ‘कजल रिलेसनसिप’ (कारण–कार्य सम्बन्ध) को विश्लेषणमा पुर्याएको योगदानका लागि पुरस्कृत गरिएको हो । 
 
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार राशी ११ लाख अमेरिकी डलर र एक स्वर्ण पदक रहेको छ । पुरस्कारको आधा हिस्सा कार्डको र आधा हिस्सा एंग्रिस्ट र इम्बेन्सको हुनेछ । ६५ वर्षिय कार्ड युनिभर्सिटी अफ बार्कले, क्यालिफोर्नियामा अर्थशास्त्रका प्राध्यापक हुन् । यस्तै, ६१ वर्षिय एंग्रिस्ट म्यासाच्युसट्स इन्स्टिच्युट अफ टेक्नोलोजी र ५८ वर्षिय इम्बेन्स स्टानफोर्ड ग्राजुएट्स अफ बिजनेसमा अर्थशास्त्रका प्राध्यपक हुन् । 

Post Your Comment