Market Closed

सामलिङ पावरले कहिलेबाट खुला गर्दैछ सर्वसाधारणलाई आइपीओ ?

12 Oct,2021
  • IPO_10__10_12_2021_8_22_34.jpg
नेपाली पैसा 
 
काठमाडौं : सामलिङ पावर कम्पनीले कात्तिक ४ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ७ लाख ३० हजार कित्ता आइपीओ जारी गर्न लागेको हो । यसअनुसार कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ७ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्नेछ । जसमध्ये २% अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५% अर्थात् ३६ हजार ५ सय कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको छ ।

बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा लगानीकर्ताले कात्तिक ८ गतेसम्म आवेदन दिन सकिनेछन् । यसअवधिमा सबै आइपीओ बिक्री नभएमा कात्तिक १८ गतेसम्म आइपीओ खुला हुने कम्पनीले जनाएको छ । यसमा लागानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 
 
सामलिङ पावरको आइपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले इक्राएनपी डबल बी माइनस रेटिङ्ग दिएको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ । यस आइपीओमा बिक्री प्रबन्धकको काम नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गले गर्नेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
 

Post Your Comment