Market Closed

ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सको सेयर लिलामी बिक्रीमा, न्यूनतम भाउ कति ?

12 Oct,2021
  • Auction_8__10_12_2021_8_56_22.jpg
नेपाली पैसा 
 
काठमाडौं : ज्योति विकास बैंक र मञ्जुश्री फाइनान्सले भदौ ३१ गतेबाट संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरिरहेका छन् । दुवैको लिलामी आवेदन दिने अन्तिम म्याद कात्तिक ३ गतेसम्म रहेको छ ।  जसमा ज्योतिको १ लाख ८१ हजार ४७० कित्ता र मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता सेयर रहेको छ । लगानीकर्ताले ज्योतिको सेयरमा न्यूनतम १८५ रुपैयाँ र मञ्जुश्रीको सेयरमा २७५ रुपैयाँ न्यूनतम रुपैयाँ भाउलाई आधार मानेर बोलकबोलका माध्यबाट आवेदन दिन सक्नेछन् । 
 
यसमा विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । न्यूनतम १००० कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट, काठमाडौंमा बुझाउन सकिनेछ ।
 

Post Your Comment