Market Closed

शिवम् सिमेन्ट्सको २९% लाभांश हात पार्न कहिलेसम्म बन्ने सेयरधनी ?

13 Oct,2021
  • cements_7_28_2018_5_54_43_7_29_2018_10_32_28_10_15_2020_10_33_05_10_27_2020_8_47_48_10_28_2020_8_49_31_8_16_2021_8_44_07_8_29_2021_4_31_38.jpg
नेपाली पैसा
 
काठमाडौं : शिवम् सिमेन्ट्सले लगानीकर्तालाई करसहित २९% नगद लाभांश दिने भएको छ । गत आर्थिक वर्षको नाफाबाट यसले लगानीकर्तालाई उक्त लाभांश दिन लागेको हो । शिवम सिमेन्ट्सले दिन लागेको यो अहिलेसम्मकै धेरै लाभांश हो । गत वर्ष कम्पनीले सेयरधनीलाई २४.२१% नगद लाभांश वितरण गरेको थियो ।

लाभांश प्रस्ताव पारित गर्न कात्तिक १६ गते साधारण सभा डाकेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक ८ गते बुक क्लोज गर्दैछ । यसर्थ, कात्तिक ७ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । सभा सोल्टी होटल सोल्टीमोड काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

कोरोना भाइरसका कारण सभा भर्चुअल माध्यमबाट पनि सञ्चालन हुने कम्पनीले जनाएको छ । सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा छलफल हुनेछ । सोही आर्थिक वर्षको नाफा नोक्सान, नगद प्रवाहमा पनि छलफल गर्ने एजेन्डा रहेको छ । 

Post Your Comment