Market Closed

माछापुच्छ्रे बैंकले तोक्यो बुक क्लोज मिति, बोनस पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

13 Oct,2021
  • BOOK-CLOSE-DATE_10_13_2021_7_41_26.png
नेपाली पैसा 
 
काठमाडौं : माछापुच्छ्रे बैंकले १४% लाभांश अनुमोदन गर्न कात्तिक २६ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकको २३ औं सभा होटल पोखरा ग्राण्ड, पार्दि, पोखरामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको १३.३०% बोनस सेयर र कर प्रयोजनका लागि ०.७०% नगद लाभांश वितरण गर्ने एजेन्डा रहेको छ । सभा प्रयोजनका लागि बैंकले कात्तिक ७ गते बुक क्लोज गर्ने भएको छ ।

यसर्थ, कात्तिक ६ गतेसम्म कायम सेयरधनीले लाभांश प्राप्त गर्न तथा सभामा सहभागी हुन पाउनेछन् । कोरोनाका कारण भर्चुअल रुपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराइने बैंकले जनाएको छ ।
 
सभामा अन्य उपयुक्त संस्थासँग मर्जर, एक्विजिसन गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । बैंकको जारी पुँजी बढाएर १५ अर्ब पुर्याउने प्रस्ताव पनि रहेको छ । 
 
 

Post Your Comment