Market Closed

सेयर बजारमा ब्याजदरको असर, आगामी दिन कस्तो रहला ?

22 Oct,2021
  • bull_na_nbear_s_10_20_2021_3_13_18.png
नेपाली पैसा
 
काठमाडौं : तरलता संकुचित हुँदै जाँदा बैंकहरुले ब्याजदर बढाएपछि यस साता नेप्सेमा नकारात्मक असर देखिएको छ । राष्ट्र बैंकको नीतिका कारण थला परेको सेयर बजारलाई बैंकहरुले आफू खुशी ब्याजदर बढाएपछि झन् बढी असर परेको हो । यद्दपि, मंगलबार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै बैंकहरुको ब्याजदर एकल अंकमा सीमित गरेको छ । यसले आगामी दिनमा ब्याजदरलाई अलि स्थिर गर्ने देखिन्छ । 
 
केन्द्रीय बैंकको निर्देशनले बजारमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । ब्याजदरसँगै तरलता सहज भएमा बजारलाई थप उर्जा मिल्ने देखिन्छ । अर्कोतर्फ सूचीकृत कम्पनीहरुले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । वित्तीय विवरण पनि राम्रो भएमा लगानीकर्ता बजारप्रति थप आशावादी हुने अपेक्षा गर्न सकिन्छ । 
 
नेप्से सूचक अघिल्लो साताको क्लोजिङ विन्दुको तुलनामा ३.१२% ले घटेर २५५६.९६ विन्दुमा बन्द भएको छ । बिहीबार कारोबार रकम २.६४ अर्ब रुपैयाँमा सीमित भएको छ भने बजार पुँजीकरण ३५ खर्ब रुपैयाँ कायम भएको छ ।


 
नेप्सेमा दैनिक कारोबार रकम :
 
कारोबार रकम घट्ने क्रमले यस साता पनि निरन्तरता पाएको छ । मंगलबारबार साताकै उच्च ३.७८ अर्ब रुपैयाँको सेयर कारोबार भएको थियो भने आइतबार सबैभन्दा थोरै १.५० अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो । यस साता औसतमा दैनिक २.७१ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।


 
सूचीकृत समूहहरुको प्रदर्शन :
 
यस साता अन्य समूह सबैभन्दा धेरै ३.१६% ले बढेको छ । यस्तै, ट्रेडिङ समूहमा पनि १.०४% सुधार भएको छ । अर्कोतर्फ, हाइड्रोपावर समूहमा ५.२४% गिरवाट आएको छ । त्यसपछि, फाइनान्स समूह ५.२२% र विकास बैंक समूह ४.९३% ले घटेका छन् । 

 
धेरै कमाउने :
 
यस साता मेरो माइक्रोफाइनान्सको सेयर भाउ सबैभन्दा धेरै २२.३९% ले वृद्धि भएको छ । यस्तै, नेपाल दूरसञ्चार कम्पनी ९.६०% र एनआइबीएल समृद्धि फन्ड–२ ३.१६% ले बढेका छन् ।



धेरै गुमाउने :
 
नेपाल हाइड्रो डेभरपर्सको सेयर भाउमा साताकै उच्च गिरावट १३.१९% ले गिरावट आएको छ । त्यसपछि, मनकामना स्मार्ट लघुवित्तको भाउ १०.९८% र मैलुङ खोला जलविद्युतको भाउ १०.६३% ले घटेको छ ।

 
 

Post Your Comment