Market Closed

मुलुकको प्रमुख आर्थिक तथा वित्तीय अवस्था यस्तो छ

16 Nov,2021
  • nepal_rastra_bank_11_16_2021_4_09_26.jpg
नेपाली पैसा 
 
काठमाडौं : राष्ट्र बैंकले चालु आर्थिक वर्षको ३ महिनाको आर्थिक तथा वित्तीय अवस्था सार्वजनिक गरेको छ । जस अनुसार मुलुकको शोधनान्तर घाटा ७६ अर्ब १३ करोड रुपैयाँ रहेको छ । तथापि, भदौ महिनाको तुलनामा भने शोधनान्तर घाटामा केही सुधार भएको हो । मुलुक भित्रिने भन्दा बाहिरिने रकम बढी भएमा शोनान्तर घाटा हुने गर्छ । भदौमा यस्तो घाटा करिब ८३ अर्ब रुपैयाँ रहेको थियो ।

 यस अवधिमा २ खर्ब ३९ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ । समीक्षा अवधिमा चालु खाता १ खर्ब ५१ अर्ब ७० करोड रुपैयाँले घाटामा देखिएको छ । यस अवधिमा उपभोक्ता मूल्य वृद्धि ४.२४% प्रतिशत रहेको छ । यस्तै, निर्यात व्यापारमा सुधार भएको छ । निर्यात १०९.५% ले बढेको छ भने आयात ६३.७% मात्र वृद्धि भएको छ । यसले मुलुकको निर्यात व्यापार विस्तारै सुधार हुँदै गएको देखाएको छ । 

Post Your Comment