Market Closed

बिहीबार सुन-चाँदीको भाउ यस्तो

25 Nov,2021
  • photo-1610375461246-83df859d849d_11_25_2021_11_06_42.jpg
नेपाली पैसा

काठमाडौं  : बिहीबार सुनको भाउ प्रतितोला १०० रुपैयाँ घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार २०० रुपैयाँ निर्धारण भएको छ । 


यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर १२ सय ३० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय २५ रुपैयाँ रहेको थियो ।
 

Post Your Comment