Market Closed

मस्कले बिक्री गरे थप १.०५ अर्ब डलर बराबरको ‘टेस्ला स्टक’

25 Nov,2021
  • 1_7_25_2021_5_01_08.jpg
नेपाली पैसा
 
काठमाडौं : ‘टेस्ला’ का प्रमुख कार्यकारी अधिकृत तथ विश्वकै सर्वाधिक धनी इलन मस्कले थप १.०५ अर्ब अमेरिकी डलर बराबरको टेस्लाको सेयर बिक्री गरेका छन् । यससँगै २ साताको अवधिमा मस्कले कुल ९.८५ अर्ब डलर बराबरको टेस्ला सेयर बिक्री गरेका छन् । झण्डै १० अर्ब डलरको सेयर बिक्री गरेपनि मस्कको स्वामित्वमा अझै १६ करोड भन्दा बढी टेस्लाको सेयर रहेको छ ।
 
मस्कले स्टक अप्सनसँग सम्बन्धित कर तिर्नका लागि सेयरहरु बिक्री गरेको बताइएको छ । मस्कले नोभेम्बर दोस्रो साता पनि ६.९ अर्ब डलरको सेयर बिक्री गरेका थिए । त्यसबेला मस्कले बिक्री गरेपछि टेस्लाको सेयर भाउमा उच्च गिरावट आएको थियो । यद्दपि, अहिले टेस्लाको सेयर भाउ पुनः बढ्ने क्रममा रहेको छ । 

Post Your Comment