Market Closed

लघुवित्त कम्पनीहरुमा लाभांश चहलपहल : ३५ कम्पनीको घोषणा, कुनको कति ?

28 Nov,2021
  • dividends_new_11_28_2021_7_39_39.jpg
नेपाली पैसा
 
काठमाडौं : सूचीकृत कम्पनीहरुमा लाभांश घोषणा, बुक क्लोज र साधारण सभाको चटारो छ । नियामकीय प्रावधान अनुसार चालु आर्थिक वर्ष सुरु भएको ६ महिना भित्रमा वार्षिक साधारण सभा गरिसक्नुपर्नेछ । तर, अझै धेरै सूचीकृत कम्पनीहरुको लाभांश प्रस्ताव र सभाको मिति तय हुन बाँकी छ । अहिलेसम्म नेप्सेमा सूचीकृत ३५ लघुवित्त कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लाभांश प्रस्ताव गरेका छन् ।

लभांश प्रस्ताव गर्नेमध्ये धेरै कम्पनीको बुक क्लोज र साधारण सभा मिति तय हुन बाँकी छ भने केही कम्पनीले साधारण सभा पनि सम्पन्न गरिसकेका छन् । हालसम्म लभांश घोषणा गर्ने १६ कम्पनीको बुक क्लोज र साधारण सभा मिति तय भइसकेको छ । यो मध्ये ११ कम्पनीको बुक क्लोज भइसकेको छ । ९ कम्पनीले साधारण सभा सम्पन्न गरिसकेका छन् । 
 
धेरै लघुवित्त कम्पनीहरुको लाभांश दर गत वर्षको भन्दा बढेको छ । हालसम्म लाभांश घोषणा गर्ने कम्पनी मध्ये सबैभन्दा धेरै लाभांश दिनेमा महिला लघुवित्त कम्पनी रहेको छ । यसले गत वर्षको नाफाबाट लगानीकर्तालाई ४७.५०% बोनस सेयर र २.५०% नगद लाभांश गरि कुल ५०% लाभांश दिने घोषणा गरेको छ । साधारण सभा तथा लाभांश प्रयोजनका लागि मंसिर १५ गते बुक क्लोज मिति तय गरेको छ । यसले मंसिर २२ गते साधारण सभा डाकेको छ ।
 
हालसम्म दोस्रो धेरै लाभांश घोषणा गर्नेमा नेसनल माइक्रोफाइनान्स रहेको छ । यसले गत वर्षको नाफाबाट ४०% बोनस सेयर र कर प्रयोजनका लागि ५% नगद लाभांश गरी कुल ४५% लभांश दिने घोषणा गरेको छ । तथापि, यसको बुक क्लोज र साधारण सभा मिति भने तय हुन बाँकी छ । अरु ६ कम्पनीको लाभांश ३०% माथि छ भने बाँकी २७ कम्पनीको लाभांश ३०% भन्दा कम छ । हेरौं, कुन कम्पनीले कति लाभांश घोषणा गरे ?


Post Your Comment