Market Closed

जापान र दक्षिण कोरियाबाट जाने यात्रुलाई अष्ट्रेलियाले डिसेम्बर १५ सम्म प्रतिबन्ध लगाउने

30 Nov,2021
  • austraila_11_30_2021_11_29_14.jpg
 
क्यानबेरा : अष्ट्रेलिया सरकारले कोभिड–१९ ओमिक्रोन संस्करणको बढ्दो चिन्ताका कारण देशको सिमानाहरू खुला राख्न ढिलाइ गरेको छ । प्रधानमन्त्री स्कट मोरिसनले सोमबार राति राष्ट्रिय सुरक्षा समिति (एनएससी) ले डिसेम्बर १ देखि डिसेम्बर १५ सम्म अन्तर्राष्ट्रिय विद्यार्थी र भिसा धारकहरूका लागि सीमा प्रतिबन्धहरू खुकुलो पार्ने योजनालाई धक्का दिएको बताएका छन् ।

ओमिक्रोनले डेल्टा भेरियन्ट भन्दा ठूलो खतरा छ कि छैन भनेर मूल्यांकन गर्न थप समय आवश्यक भएको जनाइएको छ । अस्थायी बिरामले अष्ट्रेलियाले खोपको प्रभावकारिता, रोगको दायरा, यसले थप हल्का लक्षणहरू उत्पन्न गर्न सक्छ । प्रसारणको स्तरसहित ओमिक्रोन भेरियन्टलाई अझ राम्ररी बुझ्नका लागि आवश्यक जानकारी संकलन गर्न सक्छ भन्ने सुनिश्चित गर्नेछ भन्नेबारे अध्ययन भइरहेको छ ।
 
अष्ट्रेलियाको सिमाना मार्च २०२० पछि पहिलो पटक भिसा धारकहरूका लागि खुला भएको थियो । जसले आप्रवासीहरूलाई देशमा प्रवेश गर्न र आकर्षक अन्तर्राष्ट्रिय शिक्षा बजार पुनः सुरु गर्न मार्ग प्रशस्त गर्दै थियो ।
 
यसैबीच जापान र दक्षिण कोरियाबाट हुने यात्रा पुनः खोल्ने समय पनि डिसेम्बर १५ सम्म ढिलाइ गरिएको छ ।कोरोनाको नयाँ भेरियन्ट फैलिन थालेपछि यस्तो निर्णय गरिएको हो । सोमबारसम्म अष्ट्रेलियामा नयाँ भेरियन्टका ५ वटा संक्रमण पुष्टि गरिसकेको छ ।
 
रासस–एएनआई 

Post Your Comment