Market Closed

नेपालमा पनि भेटियो ओमिक्रोन संक्रमित

06 Dec,2021
  • omicron-variant_12_6_2021_1_40_28.png
नेपाली पैसा 
 
काठमाडौं : नेपालमा पनि कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोन फेला परेको छ । ओमिक्रोन भेटिएको देशबाट मंसिर ३ गते नेपाल प्रवेश गरेका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एक जना नेपाली ७१ वर्षीय व्यक्तिमा ओमिक्रोन संक्रमण भेटिएको स्वास्थ मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

संक्रमित फेला परेका उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो । नेपालमा पनि यो भाइरस फेला परेपछि थप सर्तक रहन समेत मन्त्रालयले भनेको छ । दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ।

हेर्नुहोस् नेपालमा ओमिक्रोन भाइरस भेटिएको बारेमा स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति 



Post Your Comment