Market Closed

कोरोना भाइरसको कारण अमेरिकाका तीन हजारभन्दा बढी विद्यालय बन्द

07 Jan,2022
  • school-closed1_1_7_2022_1_22_45.png
वासिङटन : अमेरिकामा जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण तीन हजारभन्दा बढी विद्यालय बन्द भएका छन् । स्वास्थ्य अधिकारीहरुले यहाँ पछिल्ला केही हप्तादेखि कोरोनाका संक्रमितहरु निकैनै बढ्दै गएकोले हालसम्म ३ हजार २२९ विद्यालय बन्द भएको बताइएका छन् । जसमा सबैभन्दा धेरै न्युजर्सीमा मात्र कम्तीमा पनि ३२ प्रतिशत विद्यालय बन्द भएका छन् । 
 
त्यस्तै एटलान्टा, मेरिल्याण्ड तथा न्युयोर्कमा महामारीका कारण विद्यालयहरु बन्दै गरिएको बताइएको छ । गएको ११ दिन यता यहाँ कोरोनाका संक्रमितहरु दोब्बर भन्दा पनि बढी देखिएका छन् । जसका कारण यहाँका अरु धेरै क्षेत्रमा पनि बन्द गर्नुपर्ने अवस्था छ भने विद्यालयहरु पनि बन्द भएका बताइएको छ ।
 
कोरोनाका कारण अमेरिका विश्वकै सबैभन्दा बढी प्रभाव परेको देश हो । यहाँ अहिले पनि लाखौै संक्रमित भेटिने गरेका छन् । अमेरिकामा कोरोनाको घातक भेरियन्ट ओमिक्रोन पनि बढ्दै गएको छ । 

रासस-सिन्ह्वा
 
 

Post Your Comment