Market Closed

भारतीय संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड संक्रमण पुष्टि

10 Jan,2022
  • IndianParliamen_1_10_2022_11_34_20.jpg
 
नयाँ दिल्ली : भारतमा संसद्का ४०० भन्दा बढी कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। अधिकारीहरूका अनुसार संसद भवनका कर्मचारीलाई गत मंगलबारदेखि शनिबारसम्म स्वास्थ्य परीक्षणका क्रममा उक्त संक्रमण पुष्टि भएको हो । संसद्को बजेट अधिवेशन अघि नै संक्रमित भेटिएका हुन् । एक स्थानीय समाचार एजेन्सीले जनाएअनुसार १ हजार ४०९ संसद् कर्मचारीमध्ये ४०२ जनामा संक्रमण पुष्टि भएको हो ।
 
  जनवरी ४ देखि जनवरी ८ सम्म  गरिएको परीक्षणमा ४०२ कर्मचारीहरूमा संक्रमण पुष्टि भएको हो । ती सबै नमूनाहरू ओमिक्रोन भेरियन्ट कन्फर्मेसनका लागि जीनोम सिक्वेन्सिङमा पठाइएको छ । स्थानीय सञ्चारमाध्यममा उद्धृत गरिएको आन्तरिक सन्देशमा भनिएको छ, लोकसभाका २०० र राज्यसभाबाट ६९ जना र १ सय ३३ सहयोगी कर्मचारीको परीक्षण पोजेटिभ देखिएको हो।
 
रासस–सिन्वहा 

Post Your Comment