Market Closed

भारतमा दिनमै थपिए १ लाख ६८ हजार कोरोना संक्रमित, १०.६४ प्रतिशतले वृद्धि हुँदै

11 Jan,2022
  • indian_covid_1_1_11_2022_2_02_37.jpg
नयाँ दिल्ली : भारतमा कोरोना भाइरसबाट एक दिनमै थप १ लाख ६८ हजार ६३ जना नयाँ संक्रमित भएका छन् । तथापि, यो संख्या  अघिल्लो दिनको तुलनामा ११ हजार ६६० ले कम भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । यसअघि सोमबार भारतमा १ लाख ७९ हजार ७२३ जना संक्रमित भएका थिए । मन्त्रालयका अनुसार थपिएका नयाँ सक्रमितहरु मध्ये ४ हजार ४६१ जना कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएका हुन् । 
 
भारतमा अहिले ८ लाख २१ हजार ४४६ जना संक्रमित अवस्थामै रहेको पनि मन्त्रालयले जनाएको छ । नयाँ संक्रमितहरुको संख्या १०.६४ प्रतिशतले वृद्धि हुदै गएको छ । पछिल्लो एक दिनमा संक्रमणमुक्त भएकाहरुको संख्या ६९ हजार ९५९ जना रहेको छ । योसँगै कुल संक्रमणमुक्त भएकाहरुको संख्या भने ३ करोड ४५ लाख ७० हजार १३१ जना रहेको छ । 
 
रासस–एएनआई
 

Post Your Comment