Market Closed

भारतमा कोरोना समुदायस्तरमा फैलिन थाल्यो, दिनमै करिब २ लाख नयाँ संक्रमित

12 Jan,2022
  • indian_coroa_1_12_2022_1_23_02.jpg
 
नयाँ दिल्ली : भारतमा कोरोना भाइरसबाट एकैदिनमा झण्डै २ लाख नयाँ संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा (करिब २ लाख) १ लाख ९४ हजार ७२० जना नयाँ संक्रमित थपिएका हुन । मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमित संख्या ३ करोड ६० लाख ७० हजार ५१० जना पुगेको जनाएको छ ।

यस्तै, संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने ९ लाख ५५ हजार ३१९ रहेको छ । दैनिक नयाँ संक्रमितदर वृद्धिदर ११.५ प्रतिशत रहेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । महामारीको प्रभाव सबैभन्दा बढी अहिले पनि महाराष्ट्र प्रदेशमा देखिएको छ ।

महाराष्ट्रमा मात्रै एक दिनमा थप ३४ हजार ४२४ नयाँ संक्रमित थपिएका छन् । दोस्रो धेरै दिल्ली प्रदेशमा २१ हजार २५९ र कर्नाटकमा १४ हजार ४७३ जना नयाँ संक्रमित थपिएको अधिकारीहरुले जनाएका छन् । नयाँ संक्रमितमध्ये ४ हजार ८६८ जना ओमिक्रोन भाइरसका रहेका छन् । 
 
रासस–एएनआई

Post Your Comment