Market Closed

भारतमा दिनमै फेला परे २ लाख ४७ हजार बढी कोरोना संक्रमित

13 Jan,2022
  • indian_coroa__1_13_2022_1_23_57.jpg
 
नयाँ दिल्ली : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप २ लाख ४७ हजार ४१७ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । हाल यहाँ ५ हजार ४८८ जना ओमिक्रोनका संक्रमित रहेका छन् । प्रत्येक दिनजसो संक्रमितहरुको संख्या बढिरहेको छ । यहाँ अहिले संक्रमित अवस्थामै रहेकाको संख्या ११ लाख १७ हजार ५३१ रहेको छ । गएको २४ घण्टामा ८४ हजार ८२५ कोरोनाबाट मुक्त भएका छन् ।

यसैसँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ४७ लाख १५ हजार ३६१ जनालाई निको भइसकेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९५.५९ प्रतिशत रहेको छ । सोही अवधिमा थप  ३८० को कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको संख्या ४ लाख ८५ हजार ३५ जना पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
 
कोरोना सुरु भएदेखि हालसम्म ६९ करोड ७३ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुुरु भएको थियो । त्यस समयदेखि हालसम्म १ अर्ब ५४ करोड ६१ लाख भन्दा बढी डोज खोप लगाइएको छ । 
 
रासस–एएनआई

Post Your Comment