Market Closed

कोरोना जोखिम बढेपछि समितिले बिमा कम्पनीलाई जारी गर्यो यस्तो निर्देशन

14 Jan,2022
  • bima-samiti_5_18_2020_3_45_30_1_14_2022_12_32_48.jpg
नेपाली पैसा

काठमाडौं : बिमा समितिले बिमा कम्पनीलाई कोभिड १९ को संक्रमणको नयाँ स्वरूप फैलिँदै गएकाले स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन दिएको छ । कोभिड संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न नेपाल सरकारले तोकेको स्वास्थ्य सम्बन्धी मापदण्ड पलना गर्नका लागि सबै बिमा कम्पनीलाई ५ बुँदे निर्देशन जारी गरेको हो । 

समितिले बिमा कम्पनीको कार्यालयमा उपस्थित कर्मचारी तथा सेवा ग्राहीहरुमा कोभिड संक्रमण जोखिमलाई कम गर्न भौतिक दुरी कायम गरी कार्य गर्ने वातावरण मिलाउन निर्देशन जारी गरेको छ । त्यस्तै कम्पनीहरुले कार्यालयमा उपस्थित कर्मचारी तथा सेवा ग्राहीहरुलाई आवश्यक मास्क तथा सेनिटाइजरको व्यवस्था मिलाउन भनेको छ । 

कम्पनीहरुबाट सञ्चालन गरिने तालिम, गोष्ठी तथा अन्य कार्यक्रमहरुमा बढिमा २५ जनासम्म मात्र उपस्थित हुने गरी भौतिक दुरी कायम राखेर सञ्चालन गर्नु पर्ने समितिको निर्देशनमा उल्लेख छ । तालिम तथा गोष्ठी जस्ता कार्यक्रमहरु सम्भव भएसम्म भर्चुअल विधिबाट सञ्चालन गर्नु पर्ने भएको छ ।
 
त्यस्तै, समितिले कोरोना बिरुद्धको खोप सबै कर्मचारीले लगाए नलगाएको यकिन गरी खोप लगाउन बाँकी रहेका कर्मचारीलाई अनिवार्य रुपमा खोप लगाउने व्यवस्था मिलाउन सम्पुर्ण बिमा कम्पनीहरुलाई निर्देशन दिएको छ । 
 

Post Your Comment