Market Closed

२४ घण्टामा हालसम्मकै धेरै संक्रमित थपिए, काठमाडौं उपत्यकामै ६ हजार ३४३

19 Jan,2022
  • download_1_19_2022_4_39_31.jpg
नेपाली पैसा 

काठमाडौं : नेपालमा एकैदिन हालसम्मकै धेरै ११ हजार ३५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार बुधबार २३ हजार ४०९ जनाको पिसिआर र एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । ६१३ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६ हजार ३४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा मात्रै ४ हजार ६६६ जना रहेका छन् भने भक्तपुरमा ५७८ र ललितपुरमा १ हजार १९ जना रहेका छन् ।  

Post Your Comment