नेपाली पैसा
काठमाडौं : सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । शुल्क घटेसँगै अब सरकारी अस्पतालमा प्रतिस्वाब नमुना ८०० र निजी अस्पतालमा १५०० रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । यसअघि सरकारी अस्पतालमा १ हजार र निजीमा २ हजार रुपैयाँ पीसीआर शुल्क तोकिएको थियो ।