Market Closed

आयल निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

20 Jan,2022
  • petrol-prices1-_10_1_2020_8_40_16_4_18_2021_9_02_11_1_20_2022_10_17_04.jpg
नेपाली पैसा

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमा ३–३ रुपैयाँ बढाइएको हो । यस्तै, हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँले मूल्य बढेको छ । मूल्य बढेसँगै अब एक लिटर पेट्रोलको १३९ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १२२ रुपैयाँ पर्नेछ । आन्तरिक हवाइ इन्धनको आन्तरिक उडानाको मूल्य प्रतिलिटर १०६ कायम भएको छ । निगमले बढाएको मूल्य बुधबार मध्यरातिदेखि लागू भएको छ ।
 

Post Your Comment