नेपाली पैसा
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ३.२० अंकले बढेको छ । यस वृद्धिपछि सूचक २९०१.५१ विन्दुमा आइपुगेको छ । ९ लाख ११ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल २१ कम्पनीको सेयर कारोबार भएको छ । १७ वटाको भाउ बढेको छ भने ३ वटाको घटेको छ । एउटामा कुनै परिवर्तन भएको छैन । कुल ३० वटा कारोबारमा १९ सय १ कित्ता सेयर खरिदबिक्री भएका छन् ।