नेपाली पैसा
काठमाडौं : सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार २०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले बढेर १३ सय १५ रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ प्रतितोला १२ सय ८५ रुपैयाँ कायम भएको थियो ।