Market Closed

दक्षिण कोरियामा अहिलेसम्मकै धेरै कोरोना संक्रमित

16 Feb,2022
  • korea_2_16_2022_1_14_53.jpg
सोल : दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमितहरु भेटिएका छन् । यहाँको रोग नियन्त्रण तथा निवारण एजेन्सीले यस्तो जानकारी दिएको हो । यस एजेन्सीका अनुसार गएको २४ घन्टामा ९० हजार ४४३ जना कोरोना संक्रमित भेटिएका छन् । अहिलेसम्म १५ लाख ५२ हजार जना कोरोना संक्रमित पाइएका हुन् ।

यहाँ पछिल्ला केही दिनमा दैनिक ५० हजार जनाभन्दा बढीका दरले संक्रमित देखिएका छन् । तर एकै दिन ९० हजार देखिएको भने यो पहिलो पटक हो ।  कोरियामा पछिल्ला हप्ताहरुमा ओमिक्रोन भेरियन्ट निकै विस्तारित भएको छ। नागरिकहरुले पूर्ण मात्रामा खोप लगाएकाले मृत्युदर कम रहेको तर पछिल्लो समयमा ओमिक्रोनको प्रकोप भने बढ्दै गएको छ ।
 
रासस–सिन्ह्वा

Post Your Comment