Market Closed

बंगलादेशमा १० करोड व्यक्तिले लगाए कोनोना खोप

17 Feb,2022
  • bangleshd_2_17_2022_1_54_25.jpg
ढाका : बंगलादेशमा कोभिड–१९ विरुद्धको खोप १० करोडभन्दा बढी व्यक्तिलाई लगाइएको छ । आधाभन्दा बढी खोपहरू चीनको सिनोफार्मबाट लिइएको हो । स्वास्थ्य सेवा महानिर्देशनालयको व्यवस्थापन सूचना प्रणालीका अनुसार, फेब्रुअरी सम्ममा देशमा १० करोड १,१ लाख ९० हजार ८९० जना मानिसहरूले खोपको पहिलो डोज लगाएका छन् ।

त्यसैगरी, करिब ७ करोड मानिसहरूलाई दुवै मात्राको खोप लगाइएको छ । बंगलादेशले गत जनवरीमा महामारी नियन्त्रण गर्ने उद्देश्यले कोभिड खोप अभियान सुरु गरेको थियो।
 
रासस–सिन्वहा
 

Post Your Comment