Market Closed

चीनमा फेरि फैलिन थाल्यो कोरोना संक्रमण

10 Mar,2022
  • china759_3_10_2022_12_11_45.jpg
 
बेइजिङ : चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या फेरि बढ्न थालेको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो संख्या निकै विस्तार भएको बताएका हुन् । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार यहाँका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ संक्रमित भेटिए। त्यसभन्दा अघिल्लो दिन मंगलबार यहाँ २३३ जना संक्रमित पाइएका थिए । यसआधारमा संक्रमित दर वृद्धि हुँदै गएको देखिन्छ । 
 
 यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा नयाँ संक्रमित फेला परेका छन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा मात्र १६५ जना संक्रमित पाइएको छ ।  पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । सर्वसाधारणमा पुनः कोरोना त्रास फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको छ ।

यहाँ बुधबारसम्ममा ४ हजार ६०० भन्दा बढीलाई कोरोना संक्रमित भइ उपचार गराइरहेका छन् । यसअघि चीनमा कोरोना संक्रमण्ण लगभग शून्य अवस्थामा आइसकेको थियो । पूर्ण नियन्त्रणमा आइसकेको अनुमान गरिएका बेला फेरि एकाएक संक्रमण फैलिन थालेको हो । 

Post Your Comment