Market Closed

फ्रान्समा राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा व्यापकरुपमा फैलियो कोरोना संक्रमण

06 Apr,2022
  • farnce_4_6_2022_1_50_57.jpg

पेरिस : फ्रान्समा कोरोना भाइरसबाट पछिल्लो समय दैनिक झण्डै २ लाख व्यक्ति संक्रमित हुने गरेका छन् । नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला कोरोना संक्रमितहरुको संख्या २ लाखभन्दा बढी पुगेको हो । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा २ लाख ३ हजार २१ जना संक्रमित भएका छन् ।

यहाँ आगामी आइतबार नयाँ राष्ट्रपति चयनका लागि मतदान हुने निर्वाचन आयोगले बताएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार फ्रान्समा अहिले २ लाख ३ हजार जना भन्दा बढी संक्रमितहरु अस्पतालमै रहेका छन् । ती मध्ये १ हजार ५५२ जनाको सघन कक्षमा उपचार भइरहेको छ ।

त्यसैगरी, पछिल्लो एक दिनमा फ्रान्समा कोरोना भाइरसका कारण कम्तीमा १४० जनाको ज्यान गएको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । यही मार्च २५ देखि ३१ सम्मको दैनिक संक्रमितहरुको संख्याका आधारमा हेर्दा औसतमा १ लाख ३९ हजार ९६७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । फ्रान्समा कुल जनसंख्याको ७९.५ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।
 
रासस–सिन्ह्वा
 

Post Your Comment