Market Closed

म्युचुअल फन्डहरु डिस्काउन्टमा सजिलै किन्न पाइने, कुन कति सस्तो हेरौं तथ्यांक

03 May,2022
  • Mutual-funds_(1)_5_3_2022_4_31_03.jpg
नेपाली पैसा
 
काठमाडौं : सेयर बजारमा सूचीकृत म्युचुअल फन्डहरुको बजार भाउ निकै सस्तो हुन थालेको छ । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको छ । सूचीकृत कम्पनीहरुसँगै म्युचुअल फन्डहरुको बजार भाउमा पनि गिरावट आइरहेको छ । यसैक्रममा अहिले अधिकांश म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) का आधारमा बजार मूल्य अन्डरभ्याल्यूड देखिएका छन् । अर्थात, फन्डहरुको बजार भाउ न्याभ भन्दा तल आएको छ ।

लगानीकर्ताहरुका लागि अहिले बजारबाट डिस्काउन्टमा म्युचुअल फन्डहरुका इकाई उठाउने मौका रहेको छ । कतिपय म्युचुअल फन्डहरुको भाउ फेस भ्याल्यू (१० रुपैयाँ) भन्दा तल आइसकेको छ । एक साताको न्याभ भन्दा सस्तो भाउमा बजारमा कारोबार भइरहेका शीर्ष १० म्यचुअुल फन्डहरुको सूचीमा एनआइसी एसिया ग्रोथ फन्ड देखिएको छ । यो फन्डको न्याभ भन्दा १६.९६% डिस्काउन्टमा बजारमा कारोबार भइरहेको छ । 

 
डिस्काउन्टमा कारोबार भइरहेका शीर्ष १० फन्डहरुको सूचीमा एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ वटा फन्ड परेका छन् । यस्तै, एनएमबि क्यापिटलका पनि २ वटा फन्ड यस सूचीमा परेका छन् । पछिल्लो समय सेयर बजार सूचक र कारोबार रकम दुवै सुस्त भएका छन् । नेप्सेमा सूचीकृत म्युचुअल फन्ड समूहको सूचक अहिले १५.४६ विन्दुमा रहेको छ ।

यो समूह पछिल्लो ५२ साता अर्थात एक वर्षको अवधिमा १८.३२ को उच्चतम विन्दु र १३.१५ को न्यूनतम विन्दुसम्म पुगेर कारोबार भएको थियो । समग्रमा म्युचुअल फन्डहरु सस्ता भएका छन् । बजारमा डिस्काउन्टमा किन्न पाइने अवस्था छ । तर बजारमा आम लगानीकर्ताको ध्यान खासै म्युचुअल फन्डहरुतिर आकर्षित हुने गरेको छैन । 
 
 

Post Your Comment