Market Closed

मतदान गोप्य हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन : बाबुराम भट्टराई

13 May,2022
  • baburam_5_13_2022_12_10_38.jpg
नेपाली पैसा

काठमाडौं :  पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नरहेको बताएका छन् । आफूले गरेको गोप्य मतदान सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विवादमा तानिएका भट्टराईले त्यसबारे प्रस्ट पार्दै मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त नहुने उनले बताएका हुन् । 

उनले सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै लेखेका छन्, ‘लोकतन्त्रको आधार भनेको व्यक्तिले आफ्नो विचार/मत खुला रूपमा व्यक्त गर्न र प्रचारप्रसार गर्न पाउनु हो । मतदान गोप्य नै हुनुपर्छ भन्ने कुनै सिद्धान्त हुँदैन । गोप्य मतदान भनेको कसैले आफ्नो मत गोप्य राख्न चाहन्छ भने उसलाई त्यो छुट दिने भनेको हो । तर कसैले खुला गर्छ भने रोक्ने भनेको हैन ! ’

उनले गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माविको मतदान केन्द्रमा मतदान गरेका थिए। आफूले गरेको मतपत्रसमेत सार्वजनिक गरेका थिए ।
 

Post Your Comment