Market Closed

जेठमा ब्याजदर नबढ्ने भएपछि लगानीकर्ता उत्साहित, आगामी साता कस्तो रहला ?

13 May,2022
  • bullss_5_9_2022_3_13_02.jpg
नेपाली पैसा
 
काठमाडौं : लामो समयको निरन्तर गिरावटपछि यस साता सेयर बजारले लगानीकर्तालाई केही उत्साहित बनाएको छ । यस साता लगातार ४ दिन नेप्से सूचक सकारात्मक बनेपछि लगानीकर्तालाई केही राहत मिलेको छ । बिहीबार भने प्रोफिट बुकिङका कारण सूचकमा दबाब परेको थियो । 
 
निरन्तर घटेको सेयर बजारमा सूचीकृत कम्पनीहरुको भाउ निकै सस्तो बनिसकेको छ । भाउ सस्तो भएपछि लगानीकर्ता बजारप्रति आकर्षित भएका छन् । साथै, जेठका लागि निक्षेपको ब्याजदर नबढाउने बैंकर्स संघको निर्णयपछि पनि बजारमा उत्साह देखिएको छ । अर्कोतर्फ, चुनावी माहोलसँगै बजारमा पैसा आउन थालेको र त्यो पैसा चुनावपछि वित्तीय प्रणालीमा जाने धेरैको विश्लेषण रहेको छ । 
 
आर्थिक वर्षको अन्त्य नजिकिँदै गएकाले सरकारी गर्छ बढ्ने देखिन्छ । यी सबै कारणले गर्दा तलरता केही सहज हुने र सेयर बजार थप सकारात्मक बन्न सक्ने अनुमान गरिएको छ । सेयर बजार निरन्तर घट्ने वा निरन्तर बढ्ने मात्र हुँदैन । घटेको बजारलाई लगानीको अवसरका रुपमा पनि लिन सक्नुपर्छ । लगानीकर्ताहरुले कम्पनीहरु को वित्तीय विवरण तथा आधारभूत र प्रविधिक विश्लेषणहरु अध्ययन गरी सुझबुझपूर्ण लगानी गर्न सके सेयर बजार फाइदा मिल्ने सम्भावना बढी हुन्छ ।
 
यस्तो रह्यो साताको सेयर बजार
 
यस साता नेप्से सूचक ४.९९% ले बढेर २३५०.४२ विन्दुमा बन्द भएको छ । गत साता नेप्से सूचक २२३८.६२ विन्दुमा बन्द भएको थियो । बिहीबार २.३२ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण ३१ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ । 

 
दैनिक कारोबार रकम
 
बिहीबार साताकै उच्च २.३२ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ भने आइतबार साताकै न्यून १.३२ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो ।


 
सूचीकृत समूहहरुको प्रदर्शन
 
यस साता सूचीकृत सबै समूह हरिया भएका छन् । फाइनान्स समूहमा साताकै उच्च १०.८६% वृद्धि भएको छ । त्यसपछि, अन्य समूह ७.२७% र विकास बैंक समूह ६.६३% ले बढेका छन् ।  

 
धेरै कमाउने
 
यस साता जाल्पा सामुदायिक लघुवित्तको सेयर भाउ सबैभन्दा धेरै ६१.०३% ले बढेको छ । त्यसपछि, व?ण हाइड्रोपावर र राधी विद्युत क्रमशः २९.०१% र २६.९४% ले बढेका छन् । 


 
धेरै गुमाउने
 
प्राइम लाइफ इन्सुरेन्सको सेयर भाउमा साताकै उच्च ५.१७% गिरावट आएको छ । त्यसपछि, एसियन लाइफ २.२७% र लाइफ इन्सुरेन्स कर्पोरेसन ३.१८% ले घटेका छन् । 

Post Your Comment