Market Closed

नेपाल आयाल निगमले बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, थप १० रुपैयाँ महँगियो

14 May,2022
  • petrol_5_14_2022_9_19_50.jpg
नेपाली पैसा 
 
काठमाडौं : नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले वृद्धि गरेको छ । आयल निगम सञ्चालक समिति बैठकले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ ।

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको निगमको भनाई रहेको छ । 

Post Your Comment