Market Closed

२९० स्थानीय तहको मत परिणाम सार्वजनिक, काँग्रेस १३० स्थानमा विजयी हुँदा एमालेको कति ?

17 May,2022
  • election_5_17_2022_7_37_14_5_17_2022_12_23_32.jpg
नेपाली पैसा 

काठमाडौं : स्थानीय निकायको निर्वाचन मत परिणाम यतिबेला धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार मध्यान्ह १२ः २० बजेसम्ममा २९० पालिकाको नतिजा सार्वजनिक भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । जस अनुसार निर्विरोध निर्वाचितसमेत गरी अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा धेरै १३० स्थानमा जीत हासिल गरेको छ ।
 
यसैगरी, दोस्रोमा नेकपा एमालेले ८४ स्थान र नेकपा माओवादी केन्द्रले ६१ स्थानमा जीत हासिल गरेको छ । यसैगरी, नेकपा एकीकृत समाजवादीले ४ स्थान र जनता समाजवादी पार्टीले ३ स्थानमा बिजयको खाता खोलेका छन् ।
 

Post Your Comment