नेपाली पैसा
काठमाडौं : स्थानीय निकायको निर्वाचन मत परिणाम यतिबेला धमाधम सार्वजनिक भइरहेको छ । बुधबार बिहान १० बजेसम्ममा ४३० पालिकाको नतिजा सार्वजनिक भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । जस अनुसार निर्विरोध निर्वाचितसमेत गरी अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा धेरै २०० स्थानमा जीत हासिल गरेको छ ।
यसैगरी, दोस्रोमा नेकपा एमालेले १२२ स्थान र नेकपा माओवादी केन्द्रले ८४ स्थानमा जीत हासिल गरेको छ । यसैगरी, अन्यले ७ स्थान, नेकपा एकीकृत समाजवादीले ७ स्थान र जनता समाजवादी पार्टीले ५ स्थानमा बिजयको खाता खोलेका छन् ।