Market Closed

कोरोना महामारीमा प्रत्येक ३० घण्टामा एक जनाको दरले थपिए नयाँ अर्बपति

25 May,2022
  • 1_5_25_2022_4_49_34.jpg
नेपाली पैसा
 
काठमाडौं : कोभिड–१९ महामारीले प्रत्येक ३० घण्टामा नयाँ अर्बपति बनाएको अक्सफामको रिपोर्टले देखाएको छ । अक्सफामले वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा सोमबार प्रस्तुत गरेको ‘प्रोफिटिङ फ्रम पेन’ रिपोर्ट अनुसार कोरोना महामारीले प्रत्येक ३० घण्टामा एक नयाँ अर्बपति बनाएको हो । महामारीको समयमा प्रत्येक ३० घण्टामा एक जनाको दरले कुल ५७३ जना नयाँ अर्बपति बनेको अक्सफामको रिपोर्टले देखाएको छ ।
 
यता, सन् २०२२ मा भने चर्को मूल्यवृद्धि र खाद्यान्न अभावका कारण प्रत्येक ३३ घण्टामा १ लाखको दरले २६ करोड ३० लाख मानिसहरु चरम गरिबीमा फस्ने अस्कफामले अनुमाान गरेको छ । रिपोर्ट अनुसार अर्बपतिहरुको सम्पतिमा कोभिड महामारीको पहिलो २४ महिनामा भएको वृद्धि विगत २३ वर्षमा भएको एकमुस्ट वृद्धि भन्दा धेरै हो । अहिले विश्वभरका अर्बपतिहरुको कुल सम्पति विश्वव्यापी कुल गार्हस्थ उत्पादन (जीडीपी) को १३.९% बराबर पुगेको छ । जुन् सन् २००० को ४.४% को तुलनामा तेब्बर बढी हो ।
 
एकाधिकार धेरै भएका उर्जा, खाद्यान्न र औषधी क्षेत्रका कम्पनीहरुले इतिहासकै उच्च नाफा कमाइरहेको पनि अक्सफामको अनुसन्धानले देखाएको छ । यद्दपि, कामदारहरुले भने दशकौंको उच्च महँगी भोग्नु परिरहेको अक्सफामले उल्लेख गरेको छ । यस्तै, खाद्यान्न र उर्जा क्षेत्रका अर्बपतिहरुको सम्पति विगत २ वर्षमा ४ खर्ब ५३ अर्ब डलरले बढेको छ । विश्वका ५ ठूला उर्जा कम्पनीहरुले प्रत्येक सेकेन्ड २६ सय डलरको दरले नाफा कमाइरहेको अक्सफामको रिपोर्टमा उल्लेख छ । 
 
खाद्यान्न क्षेत्रका ६२ जना नयाँ अर्बपतिहरु थपिएका छन् । यस्तै, महामारीको समयमा औषधी क्षेत्रका ४० जना नयाँ अर्बपतिहरु थपिएका छन् । विश्वका शीर्ष १० जना धनाढ्यहरुको सम्पति निम्न वर्षका ४०% मानवजातीको भन्दा धेरै रहेको अक्सफामले जनाएको छ । अर्थात, सर्वाधिक १० जना धनाढ्यको कुल सम्पति विश्वको ३.१ अर्ब जनसंख्याको कुल सम्पति भन्दा धेरै रहेको छ । 

Post Your Comment