Market Closed

सेयर बजारमा अब रिस्क र रिवार्डमा कुनको सम्भावना बढी ?

19 Jun,2022
  • bull_nbears_6_19_2022_9_20_55.jpg
नेपाली पैसा 
 
काठमाडौं : यतिबेला लगानीकर्ता सडक आन्दोलनमा छन् । कोही आमरण अनसनमा बसेका छन् । सेयर बजार दिनहुँ घटिरहेको छ । आम लगानीकर्ताको मनोबल गिरेको छ । बजार झन्डै ४० प्रतिशतले घट्न लागिसकेको छ । कतिपय कम्पनीको भाउ त ७० प्रतिशतसम्म पनि ह्रास आइसकेको छ । पुँजी बजार विरोधी नीतिका कारण विगत १० महिनादेखि सेयर बजार मारमा परेको हो । यस्तो दर्दनाक अवस्था उत्पन्न भइसक्दा पनि सरकार र नियामक निकायहरु भने कानमा तेल हालेर बसेका छन् ।

उनीहरुले समस्या समाधान गर्न अहिलेसम्म कुनै पनि ठोस कदम चालेका छैनन् । नीतिमै चलाएर बजार घटाइएकाले अब बजार सुधार्न पनि सोही नीतिमै सुधार गर्नुपर्ने आम लगानीकर्ताहरुले माग गरिरहेका छन् । यी समस्याहरुका बाबजुत आम लगानीकर्ताहरु पनि सचेत र धैर्यवान हुन आवश्यक छ । घटेको बजार फेरि बढ्छ भन्ने आत्मविश्वास हुनुपर्छ ।

सस्तो मूल्यमा सबल वित्तीय सूचक भएका कम्पनीहरु खरिद गर्न सकिने अवस्था छ । लगानीकर्ताले रिस्क–रिवार्ड रेसियोलाई ख्याल गर्दै सकेसम्म दीर्घकालीन अवधिका लागि होल्ड गर्न सक्ने हो भने कुनै दिन बजारबाट मनग्ये लाभ लिन सकिने अनुभवीहरु बताउँछन् । सेयर भाउले लगभग बटम लगाइसकेकाले आगामी दिनमा रिस्क भन्दा रिवार्डको सम्भावना अधिक रहेको विश्लेषकहरुको भनाई रहेको छ । 
 
यस्तो रह्यो साताको सेयर बजार

 
यस साता नेप्से सूचक ३.७५% ले घटेर १९७१.३६ विन्दुमा बन्द भएको छ । गत साता नेप्से सूचक २०४८.१६ विन्दुमा बन्द भएको थियो । शुक्रबार ७३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण २८ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ । 
 
दैनिक कारोबार रकम

 
बुधबार साताकै उच्च १.४९ अर्ब रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो भने शुक्रबार साताकै न्यून ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यस साता औसतमा दैनिक १.११ अर्ब रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
 
सूचीकृत समूहहरुको प्रदर्शन

 
यस साता सूचीकृत सबै समूह राता भएका छन् । सबैभन्दा बढी लगानी समूह ५.९८% ले घटेको छ । त्यसपछि, हाइड्रोपावर समूहमा ५.६४% र निर्जीवन बिमा समूहमा ५.४५% गिरावट आएको छ । 
 
धेरै कमाउने

 
यस साता आँधिखोला लघुवित्तको सेयर भाउ सबैभन्दा धेरै ४९.७४% ले बढेको छ । त्यसपछि, एनसीसी बैंक ५.६७% र सामुदायिक लघुवित्त ५.३९% ले बढेका छन् । 
 
धेरै गुमाउने

 
सिंगटी हाइड्रो इनर्जीको सेयर भाउमा साताकै उच्च १४.०७% गिरावट आएको छ । त्यसपछि, दोस्रो ठूलो गिरावट शिखर इन्सुरेन्सको सेयरमा देखिएको छ । यसको भाउ १२.८२% ले घटेको छ । तेस्रोमा लइफ इन्सुरेन्स कर्पोरेसनको भाउ १२.६८% ले घटेको छ । 
 

Post Your Comment