Market Closed

बिहीबार सुनको भाउ सामान्य बढ्यो

23 Jun,2022
  • gold_img_9_22_2020_11_16_56_4_20_2022_11_08_11_4_28_2022_10_59_24_5_5_2022_11_11_55_5_9_2022_10_58_34_5_11_2022_10_59_59_6_1_2022_11_28_40_6_22_2022_11_17_21_6_23_2022_11_30_36.jpg
नेपाली पैसा

काठमाडौं : सुनको भाउ बिहीबार सामान्य बढेको छ । बिहीबार सुनको भाउ २०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ९७ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 


यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेर १२ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।
 

Post Your Comment