Market Closed

महिन्द्राद्वारा नेपालमा अल–न्यू स्कर्पियो–एनको अनावरण, के–के छन् विशेषता ?

28 Jun,2022
  • Scorpio_N-PR_Photo_6_28_2022_10_00_27.jpg
नेपाली पैसा 
 
काठमाडौं : महिन्द्राले आफ्नो प्रमुख पहिचानयुक्त ब्रान्डको नयाँ अवतार अल–न्यू स्कर्पियो–एनको अनावरण गरेको छ। एसयुभी सेग्मेन्टको अग्रणी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा सोमबार आफ्नो बहुप्रतीक्षित एसयुभी, ‘अल–न्यू स्कर्पियो–एन’को अनावरण गरेको हो। यसले आफ्नो नयाँ भिजुअल पहिचान गर्नुका साथै एउटा नयाँ लोगो समावेश छ, जसले उसको एसयूभी पोर्टफोलियोलाई अलग तुल्याउँछ।

कार्यदक्षता, प्रविधि, क्षमता र नवीन आविष्कार (इनोभेसन) को संयोजन रहेको अल–न्यू स्कर्पियो–एनले महिन्द्राको प्रामाणिक एसयूभी डीएनको समृद्ध विरासत जीवित राख्दै एक एकाग्रतायुक्त, अत्याधुनिक ड्राइभिङ अनुभव प्याकेज प्रदान गर्दछ । अल–न्यू स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको छ।

यसबाहेक, आफ्नो प्रामाणिक एसयूभी प्रतिज्ञा पूरा गर्दै, यसले रोमाञ्चक ड्राइभिङ अनुभवका लागि उच्च प्रदर्शन र साहसिक क्षमताहरू प्रदान गर्दछ । अल–न्यू स्पर्पियो–एनको शुरूआतले महिन्द्राको नयाँ भिजुअल आइडेन्टीको अनावरणलाई संकेत गर्दछ, कम्पनीको एसयुभी पोर्टफोलियोलाई फरक तुल्याउनका नयाँ लोगो राखिएको छ।
 
‘ट्विन पिक’ लोगोका खास विशेषता 

यसले त्यो साहसिक नयाँ दिशाको प्रतिनिधित्व गर्दछ, जसलाई महिन्द्राले नयाँ युगका उत्पादनहरूबाट आरम्भ गरेको छ, जुन नयाँ युगको स्वामित्व अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । इटालीको पिनिनफेरिना र महिन्द्रा इन्डिया डिजाइन स्टुडियो (एमआइडीएस), मुम्बईमा डिजाइन गरिएको र संयुक्त राज्य अमेरिकाको महिन्द्रा नर्थ अमेरिकन टेक्निकल सेन्टर (एमआरभी) हो । साथै, चेन्नईमा विशेषज्ञ टिमहरूद्वारा इन्जिनियरिङ गरिएको एवं पुणेको अत्याधुनिक विश्वस्तरीय सुविधामा निर्मित अल न्यू स्कर्पियो एन साँच्चिकै एक वैश्विक उत्पादन भएको कम्पनीले दाबी गरेको छ।
 

Post Your Comment