कोरोना संक्रमण बढ्दै, २४ घण्टामा थप ९० जनामा संक्रमण पुष्टि

05 Jul,2022
  • shutterstock_1642065145_7_5_2022_5_13_15.jpg
नेपाली पैसा 

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो गत फागुन २६ गतेपछिको सबैभन्दा धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार मंगलबार १ हजार ९४४ जनाको पिसिआर र १ हजार १६८ जनाको एन्टिजेन परीक्षण गर्दा यो तथ्यांक आएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० जना कोरोनालाई जितेर घर फर्किएका छन् ।  
 

Post Your Comment