Market Closed

डलरको भाउ हालसम्मकै उच्च विन्दुमा

06 Jul,2022
  • DollarLoanArthasansar_20210422144937_6_12_2022_2_25_35.jpg
नेपाली पैसा

काठमाडौं : अमेरिकी डलरको भाउ फेरि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १ डलरको भाउ (बिक्रीदर) १२६ रुपैयाँ ७० पैसा कायम भएको छ । यो हालसम्मकै उच्च हो । यस्तै, खरिददर पनि १२७ रुपैयाँ ३० पैसा कायम भएको छ । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । 

भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत  पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

Post Your Comment