सुनको भाउ एकै दिन १६ सय रुपैयाँले घट्यो

06 Jul,2022
  • download_4_6_2022_10_51_31_4_27_2022_11_07_15_4_29_2022_11_05_13_5_6_2022_10_49_08_6_10_2022_11_10_30_6_17_2022_11_25_52_6_21_2022_11_02_18_7_5_2022_11_11_39.jpg
नेपाली पैसा
 
काठमाडौं : बुधबार सुनको भाउ १६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।


 
यसअघि, मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ पनि प्रतितोला ३० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
 

Post Your Comment