Market Closed

आइतबार सार्वजनिक बिदा : सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि बन्द हुने

06 Jul,2022
  • Capture_6_6_2022_8_50_10.png
नेपाली पैसा

काठमाडौं : सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ ।

उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार बिदा तोकिएको गृह मन्त्रालयले जनाएको छ । सरकारको यो निर्णयसँगै सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था पनि उक्त दिन बन्द हुनेछन् । 

Post Your Comment