अर्थमन्त्री जनार्दन शर्माले दिए पदबाट राजीनामा

06 Jul,2022
  • Janardan-Sharma_9_6_2021_1_13_19.jpg
नेपाली पैसा
 
काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । प्रतिनिधि सभा बैठकमा बुधबार सम्बोधन गर्दै मन्त्री शर्माले राजीनामा दिएको घोषणा गरेका हुन् । शर्माले संसदीय छानबिनलाई सहयोग गर्न राजीनामा दिएको बताएका छन् । प्रतिनिधिसभाले बुधबार अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९—८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएको र करको दर हेरफेर गरेको विषय छानबिनका लागि संसदीय विशेष समिति गठन गरेको छ । 
 

Post Your Comment