अपर सोलु हाइड्रोको आइपीओमा कति पर्यो आवेदन ?

06 Jul,2022
  • ipo_12_24_2020_3_25_51_1_21_2021_11_51_53_2_24_2021_4_57_09_7_5_2022_5_30_37.jpg
नेपाली पैसा
 
काठमाडौं : अपर सोलु हाइड्रोको आइपीओमा १ अर्ब २८ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार बुधबार (असार २२ गते) साँझ ५ बजेसम्ममा ११ लाख ९ हजार ७६२ जनाले १ करोड २८ लाख ४६ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले सोमबार (असार २० गते) बाट सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो ।
 
अपर सोलुले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अर्थात् ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
 
यसमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले अपर सोलु हाइड्राको आइपीओलाई मध्यम जोखिम आधार जनाउने ‘इक्रएनपी आइआर डबल बी प्लस’ रेटिङ दिएको छ ।

Post Your Comment