नेपाली पैसा
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक २.३१ अंकले बढेको छ । यससँगै सूचक २१५०.४७ विन्दुमा आएको छ । २० लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको २७ हजार ९८६ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५६ वटा कारोबार भएको छ । कुल १३ कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।