Market Closed

सुनको भाउ तोलामा ७०० रुपैयाँ बढ्यो

05 Aug,2022
  • Capture_1_7_18_2022_11_11_06_8_1_2022_11_12_48_8_3_2022_11_17_01.png
नेपाली पैसा
 
काठमाडौं : सुनको भाउ शुक्रबार तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेर ९६ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, बिहीबार छापावाल सुन तोलाको ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, शुक्रबार चाँदीको भाउ १० रुपैयाँले बढेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १२ सय २० रुपैयाँ कायम रहेको छ ।
 

Post Your Comment